केआईआईटी विश्वविद्यालयका नेपाली विद्यार्थीका समस्याबारे नेपाल राजदूतावासको पहल

नयाँ दिल्ली – भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू छात्रावासबाट निकालिएको सूचना पाएपछि नेपाल राजदूतावास, नयाँ दिल्ली ले तत्काल पहल थालेको छ। राजदूतावासले सम्बन्धित शैक्षिक संस्थाका पदाधिकारीहरूसँग समन्वय गर्दै विद्यार्थीहरूलाई पुनः छात्रावासमा बस्ने व्यवस्था मिलाएको जानकारी दिएको छ।

Workplace

राजदूतावासका अनुसार, विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै विश्वविद्यालय प्रशासनले पुनः छात्रावासमा बस्न दिने निर्णय गरेको छ। साथै, कक्षाको नियमित सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको विज्ञप्तिमार्फत जानकारी गराएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केआईआईटी विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको सम्बन्धमा बुझ्ने काम भइरहेका सामाजिक संजालमा बताएका थिए ।

यसैबीच, केआईआईटी विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको निधन भएको घटनाप्रति राजदूतावासले गहिरो दुःख व्यक्त गरेको छ। विद्यार्थीको मृत्यु प्राकृतिक कारणबाट भएको बताइए पनि विस्तृत जानकारीका लागि थप अनुसन्धान भइरहेको जनाइएको छ । राजदूतावासले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

विद्यार्थीहरूको समस्यासँग सम्बन्धित विषयमा नेपाल राजदूतावास भारत सरकार, ओडिसा राज्य सरकार, मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायहरूसँग निरन्तर समन्वयमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । यदि कुनै पनि नेपाली विद्यार्थी वा अभिभावकलाई थप जानकारी वा सहायता आवश्यक परेमा, राजदूतावाससँग सम्पर्क गर्न समेत आग्रह गरेको छ।

सम्पर्क विवरण:  इमेल:Polnepembdelhi@gmail.com
📞 हटलाइन: +९१-८९२९६०१९२५

थप जानकारीको लागि नेपाल खोजखबर लाई हेर्दै गर्नु होला

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?