icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

लागुओैषध नियन्त्रण गर्नेका लागि सितगगा नगरपालिका गम्भीर भएको छ: छविलाल पाैडेल

अनिल नेपाली 

Workplace

लागुओैषध नियन्त्रण गर्नेका लागि सितगगा नगरपालिका गम्भीर भएको बताउनुभएको छ ।

अर्घाखाँचीकाे सितगगा नगरपालिकामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीदारा आयोजना गरिएको लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै सितगगा नगरपालिकाका नगर प्रमुख छविलाल पाैडेलले यस्तो बताउनु भएको हाे नगर प्रमुख पाैडेलले खुला सिमाना , बिदेशी परिबेशका कारणले यसकाे प्रभाब देखा परेको बताउदै लागुओैषधकाे बारे सरकारले कडा कानुन बनाउनुपर्ने जाेड दिदै सिगो समाज परिवारलाई लागु औषधले निकै प्रभावित बनाएको भन्दै साथी संगतको कारण कुलतमा फस्ने गरेकोले सबै सचेत हुनुपर्ने बताए ।

कुलतमा लाग्नेका लागि सचेत नागरिकले नियन्त्रण गर्नुपर्ने आगामी दिनमा नगरले लागु औषध नियन्त्रणलाई सुन्य बनाउनका लागि विशेष कार्यक्रमका साथ अगाडी बढ्ने समेत उनले बताए ।

कार्यक्रममा सितगगा नगरपालिका उप प्रमुख गिता भाट क्षेत्रीले लागूऔषधलाई नियन्त्रण गर्न शिक्षा र जनचेतनाको खाँचो रहेको बताउदै लागूऔषध नियन्त्रण गर्न सचेतना आफुबाट सुरु गनुपर्ने बताईन् कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन जिसिले लागुओैषध नियन्त्रण गर्न सबै लाग्नुपर्ने यसकाे सचेतीकरणका लागि नगरपालिका जिम्मेवारी भुमिका रहने बताए कार्यक्रममा यस्ता समस्या सामाजिक तथा पारिवारीक मुख्य कारण रहेको भन्दै लागु औषधको परिचय, औषधका प्रकार÷ कारण, निषेध तथा नियन्त्रण, लागुऔषधका स्रोत, अवस्था चुनौती, लगायतका बिषयमा सहजीकरण गर्दै सबै सरोकारवालाले लागु औषध नियन्त्रणका लागि लाग्नु पर्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी नायब उपरीक्षक चत्र बहादुर मल्लले बताउनुभएकाे थियोे कार्यक्रममा वडा अध्यक्ष कार्यापालिका सदस्य समाजसेवी विषयगत शाखाका प्रमुख सुरक्षा निकायका प्रमुख वडा सचिव लगायतको सहभागीता रहेको थियाे कार्यक्रम प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षता खरिदार कृष्ण ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे कार्यक्रममा प्रजिअ अर्यालले अर्घाखाँची जिल्लामा लागुओैषधकाे अबस्था समस्या समाधानका उपाय कानुनी उपचारको बारेमा सहजीकरण समेत गनुभएकाे थियोे

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?