छायाँनाथ रारा नगरपालिकामा ‘मेयर कप फुटबल २०८३’ आयोजना हुने, प्रथम पुरस्कार ३ लाख ३३ हजार बढी

समाचार सारांश
Auto Generated by AI
  • मुगुको छायाँनाथ रारा नगरपालिकामा दसैँ र तिहारको बीचमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ।
  • स्थानीय खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो प्रतियोगितामा आकर्षक नगद पुरस्कार राखिएको छ।
  • विजेता टोलीले क्रमशः तीन लाख तेत्तीस हजार, दुई लाख बाइस हजार र एक लाख एघार हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

रतन बहादुर रावल मुगु ।मुगुको छायाँनाथ रारा नगरपालिकामा यस वर्षको बडादसैँ र तिहारको बीचमा ‘मेयर कप फुटबल प्रतियोगिता खुल्ला २०८३’ आयोजना हुने भएको छ। छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस खेलकुद महोत्सवबारे औपचारिक जानकारी गराउनुभएको हो।

Workplace

नगर प्रमुख भामका अनुसार नेपालीहरूको महान चाड दसैँ र तिहारको बीचमा सञ्चालन हुने यस प्रतियोगिताको मुख्य उद्देश्य जिल्ला भित्रका स्थानीय खेलाडीहरूलाई प्राथमिकता दिनु हो। खेलाडीहरूमा लुकेर रहेका प्रतिभा र खेल कौशललाई उजागर गर्दै उनीहरूलाई उचित प्लेटफर्म प्रदान गर्न नगरपालिकाले यो प्रतियोगिताको सुरुवात गर्न लागेको नगर प्रमुखले बताउनुभएको छ।प्रतियोगितामा विजेता बन्ने टोलीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ, जसको विवरण यस प्रकार छ:

प्रथम पुरस्कार: रु. ३,३३,३३३ (तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस)

दोस्रो पुरस्कार: रु. २,२२,२२२ (दुई लाख बाइस हजार दुई सय बाइस)

तेस्रो पुरस्कार: रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार)

जिल्लाको खेलकुद क्षेत्रको विकास र युवाहरूलाई रचनात्मक कार्यमा सबल बनाउन यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। खेलको विस्तृत कार्यतालिका र टिम दर्ता सम्बन्धी अन्य प्रक्रियाहरू नगरपालिकाले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?