icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

रचना रिमालको एलिना चौहानलाइ भावुक सन्देश: ‘अब तपाईंलाई मनदेखि हासेको देख्न पाऊँ भन्ने ठूलो आशा छ

काठमाडौ – लोकप्रिय गायिका रचना रिमालले आफ्नी नजिककी साथी तथा दिदि एलिना चौहानलाई समर्पित गर्दै एउटा भावुक सन्देश लेखेकी छिन्। एलिनाको वैवाहिक जीवन टुंगिएपछि सार्वजनिक गरेको उक्त सन्देशमा उनले दिदी-बहिनीको अटुट सम्बन्ध, सहकार्य, र एकअर्काप्रतिको गहिरो माया व्यक्त गरेर भाबुक संदेश लेखेकी छ्न ।

Workplace

रचनाले लेखेकी छिन्, “प्रिय दिदि एलिना, हाम्रो चिनजान संगीत क्षेत्रमा प्रवेश गरेपछि मात्रै भए पनि हामीबीच निकै गहिरो सम्बन्ध बनिसकेको थियो। सुरुवाती दिनहरूमा सँगै गरेका साङ्गीतिक सहकार्यहरूले हामीलाई झनै नजिक बनायो। अरूको नजरमा हामी प्रतिस्पर्धी हुनुपर्ने थियो, तर हाम्रो सम्बन्धमा कहिल्यै इर्ष्या वा प्रतिस्पर्धा महसुस भएन। केही सीमित व्यक्तिहरूले हामीबीच दुरी ल्याउने प्रयास गरे पनि त्यो सफल भएन।”

एलिनाको विवाहको प्रसंग सम्झिँदै रचनाले थपेर लेखेकी छ्न“दिदिको विवाह हुने कुरा सुनेर तपाईंले ‘रचना जसरी नि आउनु पर्छ’ भन्नुभएको थियो। त्यो सुन्दा मेरो मनमा छुट्टै उत्साह थियो। तर बिदाइको क्षण आउँदा निकै भावुक बनेँ। अङ्गालो हालेर बिदाइ गर्दा मनभरि अनेक भावनाहरू खेल्दै आएको समेत उल्लेख गरिकी छ्न ।”

उनले एलिनाको संघर्षका दिनहरू  समझिदै भनिन्  “अस्ट्रेलिया गएपछि उतै बस्ने कुरा सुन्दा मन भारी भयो। मैले धेरैपटक भनेकी थिएँ, ‘दिदि, नेपाल नै आउनु है, हामी मिलेर काम गर्नुपर्छ।’”

अन्त्यमा, उनले एलिनालाई आत्मबल र सकारात्मक उर्जाको शुभकामना दिँदै लेखेकी छिन्, “अब तपाईंलाई मनदेखि हासेको देख्न पाऊँ भन्ने ठूलो आशा छ। जीवनमा खुशीहरू आउँछन्-जाँछन्, तर मनको खुशी आफैले बनाउने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु, भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदि।” उनले लेखेकी छ्न ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?