
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यस प्रभावका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भूभागमा भने हुस्सु लागेको छ।
दिउँसोको पूर्वानुमान
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ, भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिको पूर्वानुमान
आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
आगामी २४ घण्टाको पूर्वानुमान
आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
(नेपाल खोज खबरका लागि विशेष सम्पादित संस्करण)
