मुगुमा द्रुत दूरसञ्चार सेवा विस्तारको माग, मन्त्रीद्वारा नोकिया मोबाइल उपहार अस्वीकार

समाचार सारांश
Auto Generated by AI
  • मुगुका युवाहरूले जिल्लामा इन्टरनेट र मोबाइल सेवाको दयनीय अवस्थाबारे सञ्चार मन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।
  • मुगुका ९५ प्रतिशत नागरिक गुणस्तरीय इन्टरनेटबाट वञ्चित रहँदा डिजिटल सेवा नपाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।
  • मन्त्रीले ६ महिनाभित्र देशभर गुणस्तरीय फोरजी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउँदै मुगुको समस्या सम्बोधन गर्ने आश्वासन दिएका छन्।

रतन बहादुर रावल मुगु
केही दिन अगाडि मात्रै एभि न्यूज टेलिभिजन द्वारा समाचार प्रकाशित भएपछि ।मुगु जिल्ला म अझै पनि प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको समाचार सम्प्रेषण भएपछि मुगुका युव युवाहरूले सरकारको १०० वटा निति तथा कार्यक्रममा उक्त कुरा उल्लेख नगरिएको भन्दै सरकार लाइ ध्यानाकर्षण गराएका छन्। आशिष देवकोटाको नेतृत्वमा गएको मुगाली युवा टोलीले सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनासँग भेट गरी जिल्लाको वास्तविक अवस्था, भौगोलिक समस्या र समाधानका उपाय सहित सकरात्मक सुझाव प्रस्तुत गरेको थियका छन।
प्रस्तुत तथ्यांकअनुसार मुगु जिल्लामा रहेका २४ टेलिकम टावरमध्ये केवल १२ वटामा मात्र 4G सेवा सञ्चालनमा रहेको छ भने बाँकी स्थानमा अझै 2G वा कमजोर नेटवर्कमै नागरिक निर्भर छन्। ४५ वडामध्ये करिब ३० वडामा मात्र सीमित कभरेज पुगेको छ र प्रभावकारी इन्टरनेट पहुँच ५ प्रतिशतभन्दा कम रहेको जुन दक्षिण अफ्रिकि राष्ट्र सोमालिया भन्दा कम रहेको उल्लेख गरिएको छ। ६४ हजारभन्दा बढी जनसंख्या रहेको जिल्लामा इन्टरनेट प्रयोगकर्ता अत्यन्त न्यून रहेको र धेरै नागरिक अझै डिजिटल सेवाबाट वञ्चित रहेको अवस्था छ।यसै सन्दर्भमा युवाहरूले मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा मुगुका करिब ९५ प्रतिशत नागरिक अझै भरपर्दो इन्टरनेट सेवाबाट वञ्चित रहेको, गाउँसम्म सरकारी सूचना नपुगेको तथा 4G सेवा विस्तारमा कर्णालीलाई पर्याप्त प्राथमिकता नदिएको र जसका कारण मुगुको ६०% नागरिक गाउँबाट शहरि क्षेत्रमा बसाइँसराई भएको र अझै पनि सरकारले केही उपाय अपनाएर जान नसके गाउँ खाली हुने गुनासो गरेका छन्। उनीहरूले कतिपय स्थानमा मोबाइल सिग्नल पाउन डाँडामा पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै तत्काल सुधारको माग गरेका छन्।भेटका क्रममा युवाहरूले प्रतीकात्मक रूपमा पुरानो नोकिया मोबाइल फोन मन्त्रीलाई उपहार दिएका थिए। तर मन्त्री तिमल्सिनाले उक्त उपहार अस्वीकार गरेका थिए। यस घटनाले दुर्गम क्षेत्रको डिजिटल विभेदप्रति युवाहरूको असन्तुष्टि झल्काएको छ।

Workplace

युवाहरूले मुगुको अवस्थालाई अन्तर्राष्ट्रिय सन्दर्भसँग तुलना गर्दै राज्यले कर्णालीलाई बारम्बार उपेक्षा गरेको आरोप लगाएका छन्। साथै, आगामी योजना तथा कार्यक्रमहरूमा मुगु लगायत दुर्गम जिल्लालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।जवाफमा मन्त्री तिमल्सिनाले हाल देशभर करिब १२०० वटा टावरमार्फत ४जी सेवा सञ्चालनमा रहेको र थप ३००० टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिने प्रतिबद्धता जनाए। उनीहरूले बाँकी स्थानमा शीघ्र सेवा विस्तार गर्न माग गरेका छन्।
त्यस्तै, मन्त्रीसँगको भेटमा युवाहरूलाई भिडियो तथा फोटो खिच्न रोक लगाइएको विषयले समेत केही समय तनाव सिर्जना गरेको बताइएको छ।मुगु जिल्लाका सोरु, मुगुम कार्मारोंग, खत्याड गाउँपालिका तथा छायाँनाथ-रारा नगरपालिकामा दूरसञ्चार सेवा अझै कमजोर रहेको भन्दै स्थानीयले छिटो सुधारको अपेक्षा गरेका छन्। जवाफमा मन्त्रीले ६ महिनामा देशभर गुणस्तरीय 4G सेवादिने प्रतिबद्धता जनाएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?