देशभर मौसम सफा, पहाडी भागमा आंशिक बदली

 

Workplace

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यत: सफा रहनेछ।

विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम खुला रहनेछ। राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

आगामी २४ घण्टासम्म वर्षा वा हिमपात गराउने कुनै विशेष मौसमी प्रणाली सक्रिय नरहेको विभागले जनाएको छ। साथै, मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र यात्रा वा अन्य योजना बनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?