२६ फाल्गुन २०८२, मंगलबार

दिल्ली विधानसभा चुनाव: भाजपाको ऐतिहासिक जीत, आम आदमी पार्टी पराजित

नयाँ दिल्ली – दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक जीत हात पार्दै सत्तारूढ आम आदमी पार्टी (आप) लाई पराजित गरेको छ। झन्डै एक दशकदेखि दिल्लीको सत्तामा रहेका मुख्यमन्त्री अरविन्द केजरीवाल र उनकी पार्टीलाई पराजित गर्दै भाजपाले पूर्ण बहुमत प्राप्त गरेको हो। निर्वाचन आयोगको प्रारम्भिक नतिजाका अनुसार, दिल्ली विधानसभा चुनावमा भाजपाले ४८ सिट जित्न सफल भयो भने, आप २२ सिटमा सीमित रहि चित्त बुझाउनु परेको छ । दिल्लीमा सरकार गठनका लागि आवश्यक न्यूनतम ३६ सिटको बहुमत पार गर्दै भाजपाले सरकार गठनको तयारी गरेको छ।

Workplace

प्रधानमन्त्री नरेन्द्र मोदीले यो जितलाई दिल्लीको समग्र विकास र सुशासनको संकेत बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भने, “यो जीत विकासको हो, सुशासनको जीत हो। अब दिल्लीको बासिन्दाहरूको जीवनस्तर सुधार गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौं।” प्रधानमन्त्री मोदी आज बेलुका   भाजपाको केन्द्रीय कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ।

दिल्लीका पूर्वमुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल समेत पराजित भएका छन्। उनी भाजपाका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन्। पराजय स्वीकार्दै केजरीवालले एक भिडियो वक्तव्यमा भने, “हामी जनताको फैसला स्वीकार गर्छौं र भाजपालाई जितको बधाई दिन्छौं।” यस चुनावमा आपका वरिष्ठ नेताहरूको हारसँगै पार्टीभित्र मन्थन सुरु भएको छ। आम आदमी पार्टीका लागि यो परिणाम ठूलो झट्का सावित भएको छ।

यस चुनावी परिणामले दिल्लीको राजनीतिक सन्तुलन परिवर्तन भएको संकेत गरेको छ। करिब तीन करोड जनसङ्ख्या रहेको यस राज्यमा  लामो समयसम्म शासन गर्दै आएको आपको प्रभाव घट्दै गएको देखिएको छ । भाजपाले अब सरकार गठन गरी आफ्नो विकास एजेन्डालाई अगाडि बढाउने तयारी गरिरहेको छ। आगामी दिनमा दिल्लीको राजनीतिक यात्राले कुन दिशा लिन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित समेत उक्त मत परिणामले जनाएको छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?