
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी र लुम्बिनी प्रदेशसहित देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
मौसम पूर्वानुमान:
➡ दिउँसो: पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
➡ राति: पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ, जबकि अन्य स्थानमा मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विशेष गरी बिहानीपख तराईका भूभागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना उच्च रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले हुस्सु र कुहिरोका कारण हुने सम्भावित प्रभावलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
