रुपन्देही – रुपन्देही प्रहरीले कल वाईपासको अवैध गतिविधिमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका-३, खजहना स्थित गुलावचन्द गुप्ताको घरको भाडामा कोठा लिएर विभिन्न उपकरण जडान गरी कल वाईपास सञ्चालन गरिएको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले सोही स्थानमा छापा मारेको र उक्त ब्यक्ति लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले खानतलासी गर्दा नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-८, नोडिहवा निवासी २७ वर्षीय रोहित अहिरलाई विभिन्न उपकरणसहित फेला पारेको थियो अनुसन्धानका क्रममा प्रहरीले निम्न उपकरणहरू बरामद गरेको छ। स्पोइलर हब – ९ थान, इन्टेल कोर आइ-५ सिपीयू – ४ थान, मोडेम – १६७ थान, एन्टेना सहितको हब – २ थान,नेपाल टेलिकम (एनटीसी) सिम कार्ड – १९० थान, एनसेल सिम कार्ड – २७० थान, एलसीडी मनिटर – १ थान, मोबाइल फोन – ५ थान,ल्यापटप – १ थान, राउटर, स्विच, नेटवर्क भिडियो रेकर्डर, हब केबल लगायतका उपकरणहरु रहेका छ्न ।
बरामद सामग्रीसहित प्रहरीले अहिरलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको र अदालतबाट म्याद थप गर्दै घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक यमलाल बन्जाडेले नेपाल खोजखबर लाई जानकारी दिएका हुन्न ।
