पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको विषयमा बोल्यो प्रेस काउन्सिल

समाचार सारांश
Auto Generated by AI
  • सम्पादक किशोर श्रेष्ठको गिरफ्तारी र जनआस्थाको कार्यालयमा भएको छापाबारे प्रेस काउन्सिलले गम्भीर ध्यानाकर्षण गराएको छ।
  • समाचार चित्त नबुझे काउन्सिलमा उजुरी दिने कानुनी प्रक्रिया मिचेर प्रहरीले हस्तक्षेप गरेको भन्दै काउन्सिलले असन्तुष्टि जनाएको छ।
  • प्रेस स्वतन्त्रता र मर्यादा कायम राख्न तथा आफ्नो अधिकार क्षेत्रबारे सचेत रहन काउन्सिलले सरकारलाई ध्यानाकर्षण गराएको छ।

काठमाडौ – जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको विषयमा मिडियाको नियमनकारी संस्था प्रेस काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको छ।

Workplace

काउन्सिलका प्रवक्ता दीपक खनालले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठलाई पक्राउ गर्नु र जनआस्थाको कार्यालयमा प्रहरीले छापा मारेर सञ्चार सामग्री जफत गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘किशोर श्रेष्ठलाई बुधबार राती पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको र आज बिहान उक्त जनआस्थाको कार्यालयमा हातहतियारसहितप्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

समाचार गलत भएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्छ। काउन्सिलले समाचारका विषयमा छानबिन गर्छ र त्यसपछि मात्र कारबाहीका प्रक्रियाहरू हुने गर्छ।

तर श्रेष्ठका सवालमा त्यसो नगरी प्रहरीले समाचार लेखेकै भरमा पक्राउ मात्र गरेको छैन, उनको घर र कार्यालयमा छापामा मारेका सञ्चार सामग्रीसमेत बरामद गरेको छ।

काउन्सिलले सरकारलाई आफ्नो अधिकार क्षेत्रकाबारेमा समेत सचेत गराएको छ। काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको बताएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?