प्रगतिको तथ्यमा होइन सरकार मिथ्यांकमा आत्मरति लिइरहेको छ : प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्याङ्कमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको उल्लेख गर्दै यसबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरेका छन् ।

Workplace

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

- Advertisement -Workplace

प्रधानमन्त्रीका रूपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा । तर, अहिले संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ ।

अस्ति हामीले यो संसदमा सुन्यौँ, पछिल्ला नौ वर्षमा बुटवल–पाल्पा सडक खण्डमा ४२ पटक सवारी दुर्घटना भएर धेरैको ज्यान गएको समाचार पढेर प्रधानमन्त्रीजीको आङ सिरिङ भयो’, अध्यक्ष प्रचण्डको भनाइ छ

उनले भने, ‘उहाँ भावुक हुनुभयो, अनि उहाँले सङ्कल्प गरेर स्वस्थानीकै शैलीमा सिद्धबाबा सुरुङ मार्ग बनाउनुभयो ।

२०७९ माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा ४०.१८ प्रतिशतको हाराहारीमा प्रगति भएको सिद्धबाबाको जस पनि ६ महिनाअघिका प्रधानमन्त्रीले लिनुपर्ने ? यसले नै भन्दैन र सरकारको प्रस्तुति कति कमजोर छ ?’

नारायणघाट सडक खण्डको पनि प्रगति ५३.३ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै उहाँले आफै आफ्नो पीठ थप्थप्याएर आफैले आफूलाई प्रमाणपत्र दिएर आफैले आफूलाई सफल घोषणा गरेर संसद् र जनता झुक्क्याउने दिन अब नरहेको बताए ।

नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रूपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौँ’– उहाँले भने, ‘बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल सुरु गरौँ, हामी सहभागी हुन्छौ । संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो हुँदैन ।’

सरकारले चालु वर्षको खर्च र राजश्वको लक्ष्य पुरा गर्न नसक्ने स्पष्ट गर्दै उनले यो सरकारी तथ्याङ्कबाटै पुष्टि हुँदै गएको बताए ।

‘छ महिनाअघि २.६ प्रतिशतले घटेको व्यापार घाटा यो सरकारको छ महिने अवधिमा ४.४ प्रतिशतले बढेर ७ सय २३ अर्ब पुगेको छ । छ महिनाअघि २२.२ प्रतिशतले वृद्धि भएको थियो रेमिट्यान्स’ अध्यक्ष प्रचण्डले भने, ‘अहिले वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढे पनि रेमिट्यान्स आप्रवाह भने घटेर ४.१ प्रतिशत पुगेको छ।

यसले देखाउँछ, सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर छ ।’

प्रचण्डले आफूले सरकार छोड्दा मुद्रास्फीति ३.५७ प्रतिशत थियो, तर अहिले बढेर ५.४१ प्रतिशत पुगेको बताए ।

त्यस्तै उनले खाद्यान्न मूल्यवृद्धि झन् गम्भीर रूपमा २८.५२ प्रतिशतले बढेर औसतमा ७.६७ प्रतिशत पुगेको तर आफूले छोड्दा यो दर ४.०४ प्रतिशत मात्र रहेको बताए ।

श्रमिक तथा कामदारले आफ्नो ज्यालामा २.८५ प्रतिशत मात्र वृद्धि पाएका छन्, तर महँगीको दर झन्डै ३० प्रतिशत पुगेको छ ।

छ महिनाअघि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा २.६ प्रतिशतले वृद्धि भइरहेको थियो, अहिले घटेर १.२ प्रतिशतमा सीमित भएको छ’, उनले भने, ‘मेरो नेतृत्वमा ३ सय ७७ अर्बले बढेको निक्षेप यो सरकार बनेपछि घटेर २ सय ३९ अर्बले मात्र बढेको छ ।

प्रधानमन्त्रीजीलाई मेरो प्रश्न छ– यो तथ्याङ्कले वित्तीय प्रणालीप्रति आम नागरिकको विश्वास घटेको देखाउँछ कि बढेको देखाउँछ

समग्र पुँजीगत खर्च जम्मा १६ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै प्रचण्डले मन्त्रालयहरूले पुरानो ठेक्काको भुक्तानी र नयाँ आयोजनाको ठेक्का लगाउन नसकेको बताए ।

भौतिक, सहरी, खानेपानी जस्ता पूर्वाधार निर्माणका मन्त्रालयहरूको प्रगति २० प्रतिशत पनि पुग्न सकेको छैन’, उनले भने, ‘सरकारको गलत नीतिका कारण आन्तरिक तथा बाह्य ऋणको भार बढ्दै गएको छ, जसले भावी पुस्तालाई दीर्घकालीन ऋण र करको भारी बोझ थपेको छ ।

तर, प्रधानमन्त्री यसरी संसदमा पेश हुनुहुन्छ कि छ महिनामा नेपाल त युरोपकै छेउछाउ पुगिसक्यो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?