रुपन्देही। LBC Bachelor Group 2019 सहित मनका धनी सहयोगीहरूको अगुवाइमा बुटवल–११, प्रगतिपथस्थित नेपाल अपाङ्ग आश्रममा आश्रित असहाय दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा न्यानोपन थप्ने उद्देश्यले सानो तर अत्यन्तै अर्थपूर्ण सहयोग प्रदान गरिएको छ। आश्रममा देखिएको मुस्कान नै सहयोगको सबैभन्दा ठूलो उपलब्धि बनेको सहभागीहरूले बताएका छन्।

थोरै सहयोगले कसैको जाडो टार्न सक्छ भने सानो साथले कसैको जीवनमा आशाको दियो बाल्न सक्छ। जब सहयोग आत्माबाट निस्कन्छ, त्यसले केवल सामग्री मात्र होइन—माया, सम्मान र अपनत्व पनि बाँड्छ। यही अनुभूति यस मानवीय कार्यका प्रत्येक पलमा प्रत्यक्ष देखिन सकिन्थ्यो।
कार्यक्रमका संयोजक गौरव गौतमले भावुक हुँदै भन्नुभयो “आज हामीले दिएको सहयोग सानो देखिएला, तर यहाँ बसोबास गर्नु हुने दाजुभाइ तथा दिदीबहिनीहरूको अनुहारमा देखिएको खुशीले हाम्रो मन भरिएको छ। यस्ता मानवीय कार्यक्रमहरूले अरूलाई पनि सहयोगका लागि प्रेरित गर्छन्, जसबाट थप राहत जुट्छ र असहाय व्यक्तिहरूलाई ठूलो सहयोग पुग्छ। यस्ता कार्यहरू नै समाज परिवर्तनका सशक्त आधार हुन्।”
यसै अवसरमा सहयोगकर्ता कपिल पन्थले पनि आफ्नो धारणा व्यक्त गर्दै भन्नुभयो “हामीले दिएको सहयोग ठूलो छैन, तर यसले कसैको दैनिक जीवनमा सहजता र आत्मीयताको अनुभूति दिलाउन सकेको छ भने त्यसैमा हाम्रो योगदानको सार्थकता देखिन्छ। अपाङ्गता कमजोरी होइन, समाजले दिने साथ, सम्मान र अवसरले जीवनलाई अर्थपूर्ण बनाउँछ। यस्ता मानवीय कार्यहरू निरन्तर भइरहनु आजको समाजको आवश्यकता हो।”
यस अवसरमा आश्रममा बसोबास गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूको लागि करिब दुई महिनासम्म खान पुग्ने गरी चामल, दाल, तेल, रोटीका लागि पिठो तथा तरकारीको व्यवस्था गरिएको छ।
उक्त सहयोग अभियानमा LBC Bachelor Group 2019 तथा विभिन्न स्थानबाट सहयोग गर्नु हुने महानुभावहरूको उल्लेखनीय योगदान रहेको छ।
सहयोग विवरण:
गौरव गौतम – रु. २,१००
कपिल पन्थ – रु. २,०००
कपिल आचार्य – रु. २,०००
सन्तोष अर्याल – रु. १,०००
गीता भण्डारी – रु. २,०००
कृष्ण कार्की – रु. २,०००
कृष्ण तिमल्सिना – रु. २,०००
आशा कुँवर – रु. २,०००
सुरज चपागाईं – रु. २,०००
सन्तोष न्यौपाने – रु. १,५००
स्वेक्षा श्रेष्ठ – रु. १,५००
बिना भण्डारी पाण्डे – रु. १,०००
प्रबिन गौतम – रु. १,८००
पिकनिक समूह – रु. २,९७५
अर्जुन थापा – रु. ५००
बिमल पाण्डे – रु. १,०००
बिमल पोखरेल – रु. १,०००
सबिता भुसाल – रु. २०५
प्रबिन चन्द्र पौडेल – रु. १,०००
यस्तै निःस्वार्थ सहयोगका हातहरू जोडिँदै गएमा समाज अझ न्यानो, अझ मानवीय र अझ आशावादी बन्दै जाने विश्वास उक्त अभियान मार्फत व्यक्त गरिएको छ।

