बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफि नेपाल भ्रमण: आज राष्ट्रपति पौडेलसँग विशेष भेटवार्ता

२२ माघ, काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने भएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार, उनीहरूले मंगलबार साँझ शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

Workplace

बेलायती राजकुमार एडवार्ड बिहान साढे १० बजे र उनकी श्रीमती सोफी दिउँसो करिब २ बजे भारत हुँदै नेपाल आउनेछन्। नेपाल आएपछि उनीहरू लैनचौरस्थित बेलायती राजदूतावास जाने कार्यक्रम रहेको बताइएको छ । तालिकाअनुसार, दिउँसो सवा ४ बजे उनीहरू शीतल निवास प्रस्थान गर्ने र राष्ट्रपति पौडेलसँग भेटपछि पुनः लैनचौर फर्कने कार्यक्रम रहेको छ ।

- Advertisement -Workplace

छ दिनसम्म नेपाल बस्ने राजकुमार दम्पती माघ २७ गते साँझ स्वदेश फर्कनेछन्। भ्रमणका क्रममा उनीहरूले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा जाने र हालै बेलायती सेनामा छनोट भएकाहरूको ब्याज वितरण परेडमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

यसबाहेक, उनीहरूले नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्नेछन्। साथै, स्वास्थ्य सेवा तथा मानव बेचबिखन र लैंगिक हिंसाबाट बचेकाहरूलाई सहयोग गर्ने संस्थाहरूको भ्रमण समेत  गर्नेछन्।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?