विद्यालयको विकास: भौतिक संरचना कि शिक्षाको गुणस्तर?

सुनिल रायमाझी लुम्बिनी – नेपालमा सरकारि विद्यालय विकास र शिक्षकको गुणस्तरको  बिच बीचमा  व्यापक चर्चा भइरहेको हुन्छ । नेताहरूले विद्यालय निर्माण तथा विकासमा योगदान पुर्‍याएको दाबी गर्दै आएका छन्। तर, के साँच्चै विद्यालयको अवस्था सुधार भएको छ, कि केवल भौतिक संरचनामा ध्यान दिइएको छ?

Workplace

विद्यालय विकासको परिभाषा नेताहरूका लागि र आम नागरिकका लागि फरक हुन सक्छ। कतिपय नेताहरू विद्यालय भवन निर्माणलाई नै ठूलो उपलब्धि ठान्छन्, जबकि वास्तविक सुधार शिक्षाको गुणस्तरमा निर्भर गर्छ। भौतिक विकासले मात्र पर्याप्त छैन, जबसम्म शिक्षा, वातावरण र व्यवस्थापनको गुणस्तर सुधार हुँदैन।

नेताका सन्तान निजी विद्यालयमा, सरकारी विद्यालय उपेक्षित

यदि सरकारी विद्यालयहरू साँच्चै विकसित भएका भए, किन नेताहरू आफ्ना छोराछोरी निजी विद्यालय वा विदेशमा पढाउँछन्? किन उनीहरू सरकारी विद्यालयमा अध्ययन गरिरहेका देखिँदैनन्? यसको मुख्य कारण विद्यालय व्यवस्थापन, शिक्षण पद्धति, वातावरण र स्रोतसाधनमा कमी हुनु हो।

अहिले अधिकांश सरकारी विद्यालयहरूमा नियमित गृहकार्य, निरन्तर मूल्याङ्कन प्रणाली, अतिरिक्त कक्षाहरूको अभाव छ। पुस्तक, कलमजस्ता आधारभूत शैक्षिक सामग्री पर्याप्त छैनन्। शिक्षकहरू हाजिरीको लागि मात्र आउने, पाठ्यक्रम पुरा गर्न हतार गर्ने, तर गुणस्तरीय शिक्षण नहुने प्रवृत्तिले गर्दा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ।

विद्यालय विकासको नाममा प्रचारमुखी राजनीति

नेताहरू विद्यालयको विकासको नाममा सामाजिक सञ्जालमा प्रचारबाजी गर्छन्। “मैले विद्यालयको विकास गरेँ” भन्ने जस्ता नारा दिएर जनतालाई विश्वस्त बनाउने प्रयास गरिन्छ। तर, वास्तविकता भने विद्यालयको अवस्थाले स्पष्ट प्राने गरि देखन सकिन्छ  ।

विद्यालयको वास्तविक विकास विद्यार्थीहरूको शिक्षामा सुधार ल्याएर मात्र सम्भव छ। केवल विद्यालय भवन बनाउनु, चुनावी आश्वासन बाँड्नु, उद्घाटन कार्यक्रम गर्नु विकास होइन। जबसम्म सरकारी विद्यालयहरू निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा आउँदैनन्, तबसम्म विकासका दाबीहरू भ्रममै सीमित रहने आम जनमानसले बुझने कुरा हो ।

जनताको चेतनास्तर आवश्यक

जनताले पनि अब चेतनशील बन्नुपर्ने बेला आएको छ। विद्यालयको नाममा गरिएको विकास के भौतिक संरचनामा मात्र सीमित छ कि शिक्षाको गुणस्तरमा सुधार भएको छ भन्ने कुरामा गहिरिएर सोच्नुपर्छ। अब समय आएको छ—विद्यालय सुधारको वास्तविक मापन भौतिक संरचनाले होइन, विद्यार्थीको सिकाइस्तर, वातावरण र व्यवस्थापनको सुधारले गरिनुपर्छ भने बिषय लाई तीव्रताका साथ उठान गर्नु प्रने देखिन्छ ताकी त्यो यथार्थमा लागू गर्न सकियोस् र केही सुदृढ गर्न सकियोस् ।

विद्यालयको विकासको सही मापन शिक्षाको गुणस्तर, वातावरण सुधार र विद्यार्थीको शैक्षिक उपलब्धिमा आधारित हुनुपर्छ। अन्यथा, विद्यालय विकासको नाममा गरिने हरेक दाबी भ्रमकै खेती हुने छ्न र विद्यार्थी हरुको गुणस्तरमा केही फर्क देखिने छैन।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?