अर्घाखाँची, १८ जनवरी – अर्घाखाँची क्रिकेट संघद्वारा आयोजना गरिएको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको पाँचौं संस्करणको उपाधि सौजन्य समाज किमडाँडाले जितेको छ। उनले रोयल सन्धिखर्कलाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्दै ट्रफी आफ्नो कब्जामा गरेका हुन्।

प्रतियोगिता अन्तर्गत किमडाँडाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनाएको थियो। किमडाँडाका लागि निखिल केसीले २९ रन बनाए भने सरोज खत्री र विशाल बिकले समान १९ रन जोडे।
जवाफी ब्याटिङ गर्न आएको सन्धिखर्क १२७ रनको लक्ष्य पछ्याउँदै १६.१ ओभरमा ६७ रनमा समेटिएको थियो। नविन भण्डारी १५ र सुदिप बस्नेत १२ रन बनाएपछि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ किमडाँडाका कप्तान बाबुराम थापाले शानदार प्रदर्शन गर्दै ४ विकेट लिए। शुभम खनाल र महिन्द्र शाहीले समान २–२ विकेट लिए, जबकि सरोज खत्रीले १ विकेट लिए। कप्तान बाबुराम थापाले उत्कृष्ट प्रदर्शनको लागि ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरे।
उपाधि जित्दै सौजन्य समाज किमडाँडाले नगद १ लाख रुपैंया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ उक्त जित पोछी किमडाँडा टिम म्यानेजर सागर मरासिनीले आफू हरु सुरुवात देखिनै सकारात्मक खेल खेलेको ले उक्त ट्रफी हात पार्न सफल भएको नेपाल खोज खबर लाई बताएका छ्न ।
यस प्रतियोगिताको उपविजेता बनेको रोयल सन्धिखर्कले नगद ५० हजार रुपैंया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिताका विभिन्न व्यक्तिगत अवार्डहरू पनि घोषणा गरिएको थियो। ईमर्जिङ प्लेयर अफ द टुर्नामेन्टको अवार्ड किमडाँडाका शुभम खनालले प्राप्त गरे, जसले बलिङमा १२ विकेट र ब्याटिङमा ४७ रन बनाएका थिए। बेस्ट अलराउन्डर अवार्ड रोयल सन्धिखर्कका नविन भण्डारीलाई प्राप्त भयो। नविनले बलिङमा १० विकेट र ब्याटिङमा ९४ रन बनाएका थिए। किमडाँडाका बाबुराम थापाले बेस्ट बलर अवार्ड जिते भने सुपर सुपा ईलाभेनका सागर चौहानले बेस्ट ब्याट्सम्यान अवार्ड प्राप्त गरे।
अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। प्रतियोगिता ए वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको थियो र ट्रेन्डिङ खबरमार्फत लाइभ स्कोर अपडेट गरिएको थियो।
तस्बिर सहित

