इरानकाे डरले ट्रकमा लुकेँ : ट्रम्प

समाचार सारांश
Auto Generated by AI
  • इरानबाट हुन सक्ने सम्भावित आक्रमणको डरले ट्रम्पले टर्किएमा गोप्य रूपमा विमान परिवर्तन गर्नुभएको थियो।
  • सुरक्षा अधिकारीहरूको सल्लाहबमोजिम उहाँ ट्रकमा लुकेर अर्को विमानमा चढ्नुभएको हो।
  • यस घटनाबारे उहाँका साथमा रहेका पत्रकार र कर्मचारीलाई समेत केही जानकारी थिएन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्किएमा इरानको डरका कारण आफूले ट्रकमा लुकेर विमान बदलेको बताउनुभएको छ ।

Workplace

पत्रकारसँगको कुराकानीमा उहाँले नेटो शिखर सम्मेलनमा भाग लिएर अङ्काराबाट फर्कँदा प्रयोग गर्न लागेको विमानमाथि आक्रमणको खतरा रहेको कारण गोप्य रूपमा ट्रकमा लुकेर अर्को विमानमा चढेको बताउनुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले पत्रकारसँग भन्नुभयो, ‘म सिक्रेट सर्भिस र सेनाको सल्लाहअनुसार चल्छु । उनीहरूले म अर्कै उडान र अर्कै विमानमा जाऊँ भन्ने चाहेका थिए । उनीहरूले जे भन्छन् मैले त्यही पालना गर्नुपर्छ ।’

यसअघि वाशिङ्टन पोस्टले ट्रम्पले सुटुक्क विमान फेरेको र त्यस क्रममा उहाँ केहीबेर एउटा ट्रकमा लुकेको विवरण प्रकाशित गरेको थियो ।

अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने ’एअर फोर्स वन’ मा रहेका पत्रकार र ह्वाइट हाउसका कर्मचारीलाई ट्रम्प अर्को विमानमा गइसकेको कुरा थाहा थिएन ।

सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो ।

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने वार्ता भङ्ग भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण शुरू गरेको भोलिपल्ट ट्रम्प अङ्काराबाट फर्कनुभएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?