काठमाडौ – हाल देशमा पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसममा केही परिवर्तन देखिएको छ।

कोशी, बागमती, र मधेशलगायतका पहाडी क्षेत्रहरूमा आंशिक बादल रहेको छ भने बाँकी स्थानमा मौसम मुख्यतः सफा छ।
तराईका केही भागमा बिहानको समयमा हुस्सु/कुहिरो लागेको छ, जसले यातायात र जनजीवनमा असर पुर्याउन सक्छ।
दिउँसोमा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिक बदलीने सम्भावना रहेको छ। बाँकी क्षेत्रहरूमा भने मौसम सफा रहनेछ।
हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, तथा हवाई उडानमा प्रभाव पर्ने सम्भावना भएकोले सतर्कता अपनाउन सुझाव दिएको छ।
