
- राजनीति विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ परेका छन्।
- उनलाई बेलबारीबाट नियन्त्रणमा लिई थप कारबाहीका लागि काठमाडौँ ल्याइँदैछ।
- सत्ता र व्यवस्थाको विरोध गर्दै आएका दाहालको पक्राउलाई त्रिमुल नेपालले दमनकारी कदम भनेको छ।
काठमाडौ – राजनीति विश्लेषक, चिन्तक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन्।

मोरङको बेलबारी स्थित प्रहरी कार्यालयले उनलाई प`क्राउ गरेको हो।
राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका दाहाल सुन्दरहरैचा-८ सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ परेका हुन्।
उनलाई अहिले विराटनगर लगिएको छ। प्रहरीका अनुसार उनलाई आजै काठमाडौँ ल्याइनेछ।
उनले सत्ता र शासन व्यवस्थाका त्रुटीहरू विरुद्ध निरन्तर र सशक्त रूपमा प्रतिपक्षि भूमिका निर्वाह गर्दै आएका थिए।
त्रिमुल नेपालले दाहाल माथिको धरपकड हालको कथित लोकतान्त्रिक गणतन्त्रको वास्तविक चरित्र उजागर गर्ने घटना भएको उल्लेख गरेको छ।
