अक्कल कोपिला फाउन्डेसनद्वारा बाढी प्रभावितका लागि १ लाख रुपैयाँ सहयोग

समाचार सारांश
Auto Generated by AI
  • अक्कल कोपिला फाउन्डेसनले बाढी पहिरो पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ।
  • फाउन्डेसनका संस्थापक अक्कल बहादुर बोहराले प्राकृतिक विपत्तिमा परेका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
  • विपद्को यस घडीमा उद्धार र राहतका लागि सरकारलगायत सबै पक्षबीच बलियो एकता र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

काठमाडौँ, -अक्कल कोपिला फाउन्डेसनले बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकहरूको राहत र उद्धारका लागि तत्काल रु. १,००,०००।- (एक लाख रुपैयाँ) सहयोग स्वरूप उपलब्ध गराएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने फाउन्डेसनले जनाएको छ।

Workplace

हाल स्पेनको कोस्टा ब्लङ्कामा बस्दै आउनुभएका समाजसेवी, पूर्व म्याराथन धावक एवं अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बहादुर बोहरा (स्थायी घर: मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. १३, थार्प) ले देशमा परेको प्राकृतिक विपत्तिमा मल्हम लगाउन उक्त रकम सहयोग गर्नुभएको हो।

मिति २०८३ भदौ १० गते रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी बाढी र पहिरोले पुर्‍याएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति फाउन्डेसन र संस्थापक बोहराले गहिरो दुःख व्यक्त गर्नुभएको छ।

फाउन्डेसनले कर्णाली प्रदेशमा मात्र नभएर देशैभरि प्राकृतिक विपद्‌मा परी ज्यान गुमाउने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता भएकाहरूको तत्काल खोजी, प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारका सबै तह, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकबीच बलियो एकता र सहकार्य हुनुपर्नेमा समाजसेवी अक्कल बहादुर बोहराले जोड दिनुभएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?