सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं,  – सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्रहत्या गर्ने एक युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पीडित युवतीसँग विगतमा प्रेम सम्बन्ध रहेका युवकले सम्बन्ध विच्छेदपछि प्रतिशोधको भावना राखी युवतीका गोप्य तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

Workplace

यस घटनाबारे जानकारी गराउँदै प्रहरी प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अधिकारीले भने, “युवतीलाई मानसिक र सामाजिक रुपमा क्षति पु¥याउने उद्देश्यले युवकले सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गर्ने कार्य गरेका थिए। यस्तो आपराधिक क्रियाकलापको सम्बन्धमा अनुसन्धानपछि उनलाई पक्राउ गरिएको हो।”

उनका अनुसार पक्राउ पर्ने व्यक्ति ललितपुर महानगरपालिका वडा नं. ४, शान्तिपथ मार्ग बस्ने २४ वर्षीय युवक हुन्। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति २०८१/१२/२५ गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

पोछिलो समय यो बिषयले सामाजिक संजाल जता ततै भाइरल जस्तै भएको थियो उक्त बिषयमा पिडिताले उजुरी दिएको आधारमा प्रहरले  कार्बाही गरेको बताएको छ   यस्ता साइबर अपराधका घटनामा कडाइका साथ कारबाही गरिने स्पष्ट पार्दै, सबैलाई सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको गोपनीयता, प्रतिष्ठा र मर्यादाको सबैले  समान गर्न समेत प्रहरिले आग्रह गरेको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?