अन्नपूर्ण हिमालमा हिउँपहिरो: दुई शेर्पा गाइड बेपत्ता, उद्धारकार्य जारी

म्याग्दी — म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परी दुई जना शेर्पा गाइड बेपत्ता भएका छन्।

Workplace

अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा आज बिहान हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सम्पर्कविहीन भएका हुन्। सेभेन समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाका अनुसार, आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेका छन्।

यसबीच, काठमाडौँबाट उद्धार टोली हेलिकप्टरमार्फत पठाइएको छ।

पर्यटन विभागका अनुसार वसन्त यामका लागि चार आरोहण समूहबाट ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका छन्।

हिउँपहिरोका कारण हिमाली क्षेत्रमा सधैं जोखिम रहने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?