अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका वडा ७ मा खुला वडा स्तरीय क्रिकेट प्रतियाेगिता सम्पन्न

अनिल नेपाली 

Workplace

अर्घाखाँची – अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका वडा ७ मा खुला वडा स्तरीय क्रिकेट प्रतियाेगिता सम्पन्न भएको छ।

कार्यक्रम भुमिकास्थान नगरपालिका वडा न ७ का अध्यक्ष रामचन्द्र ढुङ्गनाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष ढुङ्गनाले अहिले नेपालमा क्रिकेटमा क्रेज बढदै गएको बताउदै अहिले राम्रो क्रिकेट खेल्नेले अवसर पाउने र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउनकाे लागि सहजता समेत प्राप्त हुने बताउदै खेलले मानिसलाई अनुशासित र निराेगि सभ्य बनाउने बताउदै आगामी बर्ष पनि खेल क्षेत्रकाे विकासका लागि आफुले गम्भीर र जिम्मेवार रहने प्रतिवदता जनाएका छन्।

५ वडाकाे सहभागीता रहेको खेलमा सलेनधारा युवा क्लब प्रथम ,फिपटिन बद्रर्श मनावाङ द्वितीय चिदिचाैर युवा क्लव तृतीय भएका छन् खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियाेगितालाई १० हजार ७ हजार ५ हजार प्रमाणपत्र मेडल ट्रफि सहित सम्मान गरिएको थियोे।

कार्यक्रममा नुवाकोट मा वि प्रअ शालिकराम भुसाल बराहनेटा टाेल विकास सस्थाका अध्यक्ष केशब थापा लगायतले शुभकामना मन्तब्य राख्दै खेल क्षेत्रकाे विकासमा सबै लाग्नुपर्ने बताएका थिए ।

 

कार्यक्रम वडा अध्यक्ष रामचन्द्र ढुङ्गनाकाे अध्यक्षता वडा सचिव प्रकाश नेपालीको सञ्चालन वडा सदस्य लक्ष्मी रायमाझीकाे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडामा रहेका खेलाडी खेलप्रेमि , समाजसेवी लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे।

तस्बिर हरु

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?