अनिल नेपाल अर्घाखाँची

स्थानीय सरकारकाे अनुभुती हुने गरि काम गरेपछि अर्घाखाँची काे सन्धिखर्क नगरपालिका वडा न ७ का स्थानीय जनता खुसि भएका छन् ।
वडा कार्यालयले स्थानीय जनतालाई राहत प्रदान गर्ने गरि वडा कार्यालयमै आबश्यक काम गरिदिए पछि स्थानीय खुसि भएका हुन् भौगोलिक विकटताका कारणले वडा कार्यालयमा आउनको लागि सेवाग्राहीलाई असजिलो भएको मध्यनजर गरि वडा कार्यालयमै सम्पतिकर तथा भूमिकर/मालपोत कर बुझे र वडा मै गरिदिने भएपछि स्थानीय जनता खुसि भएका छन् ।

वडा कार्यालयले यसभन्दा पहिला पनि रचनात्मक र सकारात्मक काम गरेको छ । वडा कार्यालयले विकास निर्माण काम र अन्य काम पनि साझेदारीमा सबैको अपन्तव हुने गरि गरेको छ ।

वडाले सेवाग्राहीलाई सहज हुने गरि विभिन्न शिविर चलाएको छ शिविरबाट स्थानीय बासिन्दा लाभान्वित भएको वडा सचिव सीता बिसि पराजुलीले बताउनुभएको छ ।
वडा सचिव पराजुली का अनुसार वडाका स्थानीय बासिन्दा लाभान्वित भएको शिविर फलदायी भएको बताईन् , स्थानीय चुनाबमा जनताका बिचमा गरेका प्रतिबद्वतालाई पुर्णता दिन आफू निरन्तर लागिपरेको वडा अध्यक्ष चुरा ब केसीले बताएका हुन ।

