काठमाडौ – सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ ।

विहान पौने १० बजेदेखि लागेको आगो आठ वटा दमकलको सहयोगमा निभाउने प्रयास भइरहेको हो ।
सेन्टर प्लाजाको पाँचौ तलाबाट शुरु भएको आगलागी सातौं तलासम्म फैलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरी र स्थानीबासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ भनि आगलागीको कारण खुल्न सकेको छैन ।
