icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

सुमनाको असहमति बीच कुलमानको नयाँ पार्टी ‘उज्यालो नेपाल’ नाममै टुंगियो

काठमाडौ – लामो छलफल र आन्तरिक विवादपछि कुलमान घिसिङले गठन गर्न लागेको नयाँ राजनीतिक दलको नाम अन्ततः ‘उज्यालो नेपाल’ राख्ने निर्णय भएको छ।

Workplace

यो पार्टीका संयोजक पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय हुने भएका छन्। सरकारमा मन्त्री भइसकेकाले कुलमान भने तत्काल पार्टीको औपचारिक जिम्मेवारीमा नबस्ने बताइएको छ ।

५१ सदस्यीय केन्द्रीय समिति सहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी भइरहेको छ। उज्यालो नेपाल अभियानसँगै जोडिएका जितराम लामाले  बताए अनुसार, पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ प्रस्ताव गरिएको बताएका छ्न ।

यस पार्टीमा रास्वपा छोडेकी सांसद सुमना श्रेष्ठ पनि रहने बताइए पनि उनी समितिमा रहने या नरहने कुरा स्पष्ट भएको छैन।

सुमनाले ‘उज्यालो नेपाल’ नाम व्यक्तिकेन्द्रित हुने भन्दै ‘नेपाल विकास दल’ वा ‘नेपाल जनसेवा पार्टी’ नाम राख्न सुझाव दिएकी थिइन्। तर कुलमानले “लोडसेडिङ अन्त्यसँगै उज्यालो नेपाल ब्रान्ड बनेको” भन्दै सोही नाम कायम गर्नुपर्ने अडान राखे।

सुमनाले सामाजिक सञ्जालमा लेख्दै पार्टी सामूहिक नेतृत्वमा आधारित हुनुपर्ने र कुनै एक व्यक्ति केन्द्रित हुन नहुने बताएकी थिइन्।

छलफलमा रेशम चौधरी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका केही नेताहरू पनि सहभागी थिए। उनीहरू सहित बालेन शाह निकट समूहले पनि ‘उज्यालो नेपाल’ नामलाई समर्थन गरेपछि अन्ततः सोही नाममा सहमति जुटेको बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?