सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको उपभोक्तालाई छुट अफर

खिम खड्का
रुपन्देही – विश्व पानी दिबस को अबसरमा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले सैनामैना १ र २ मा बसोबास गर्ने आफ्ना उपभोक्तालाई मध्यनजर गर्दै छुट अफर सार्वजनिक गरेको छ । संस्थाले नयाँ धारा जडानको निम्ती मिति २०८१ चैत्र ९ गते देखि २०८२ बैशाख ७ गते सम्मलाइ खनाइ शुल्कमा १६ प्रतिशत अर्थात २५ सय छुट दिने भनी निर्णय गरेको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष यक बहादुर क्षेत्रीले बताए ।

Workplace

संस्थाले हाल १५ हजार ५ रुपैया उठाइरहेको संस्थाले बताएको छ । अब त्यसको १६ प्रतिशत छुट दिएर १२ हजार ५ सय ५ उठाउने निर्णय गरेको हो । त्यस्तै सैनामैनामा रहेको प्राकृतिक चिकित्सालयमा उपचारको निम्ती संस्थाको सिफारिस लगेर गएर गएमा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ताले १० प्रतिशत छुट पाउने समेत अध्यक्ष क्षेत्रीले बताए ।

संस्थाले आज विश्व पानी दिवसको अबसरमा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालय र सैनामैना नगरपालिका वडा नम्बर १ को वडा कार्यालय परिसरमा नयाँ बिरुवा बृक्षारोपण समेत गरेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?