यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गण्डकी र बागमतीका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने लमजुङमा भारी वर्षा मापन गरिएको छ।
  • आज पहाडी तथा तराईका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
  • बाढी र पहिरोको जोखिम बढेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौ – अहिले गण्डकी र बागमती प्रदेशका एकदुई ठाउँमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा पाल्पामा १६ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

Workplace

 

गएराति देशका पहाडी तथा हिमाली भेगका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भयो । पछिल्लो ६ घण्टामा लमजुङमा ७७ दशमलव ८ मिलिमिटर पानी परेको छ । त्यस्तै, बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

महाशाखाका अनुसार आज देशका पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकोले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?