अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्कस्थित टुँडिखेलमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले जितेको छ।

मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बाँकेबाहेक लुम्बिनी प्रदेशका ११ जिल्लाका टिमले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले गरेका थिए।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गुल्मीले प्रथम स्थान हासिल गरेको हो भने पाल्पाले दोस्रो स्थानमा चित्त बुझायो। तेस्रो स्थानमा नवलपरासी रहँदा आयोजक जिल्ला अर्घाखाँची भने चौथो स्थानमा सीमित रह्यो।
विजेता बनेको गुल्मीले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो। द्वितीय स्थान प्राप्त गर्ने पाल्पाले ६५ हजार नगद, तृतीय हुने नवलपरासीले ३५ हजार तथा चौथो हुने अर्घाखाँचीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
यसैगरी, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार तथा उत्कृष्ट ६ विधाका खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले जानकारी दिएका छ्न यसै गरि उक्त खेलमा सयोग गर्नु हुने र आम दर्शक श्रोता हरु लाई समेत बिशेष धन्यवाद दिएका छ्न । यो माया हौसलाले गर्दा आगमी दिनमा समेत यस्ता खेलकुद आयोजना गर्न सजिलो भएको उनी बताउछन् ।
यसै गरि प्रतियोगिताले प्रदेशस्तरीय खेलाडीहरूको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।
