बाढीले बगाएको नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा फहराइयो

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको टिमुरेस्थित नेपाल-चीन सीमा नाकामा सुरक्षाकर्मीको टोलीले पुनः राष्ट्रिय झण्डा फहराएको छ।
  • भोटेकोशी नदीको बाढीले संरचना बगाएपछि झण्डाविहीन बनेको सीमामा सुरक्षाकर्मीले जोखिमपूर्ण यात्रा गरी झण्डा राखेका हुन्।
  • यस कार्यले विपत्तिको समयमा पनि सीमाको सुरक्षा र राष्ट्रिय उपस्थितिलाई निरन्तरता दिने सन्देश दिएको छ।

काठमाडौ – रसुवाको टिमुरेमा रहेको नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।

Workplace

भोटेकोशी नदीमा आएको बाढीले सीमाक्षेत्रमा रहेका संरचना बगाएपछि झण्डाविहीन बनेको सीमा नाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो शनिवार राष्ट्रिय झण्डा राखेको हो ।

- Advertisement -Workplace

गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा रहेको नेपाल–चीनको अन्तर्राष्ट्रिय सीमा नाकामा सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली पुगेर राष्ट्रिय झण्डा फहराएको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको छ ।बाढीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचनासमेत प्रभावित भएका छन् ।

सीमामा राष्ट्रिय झण्डा पुनःस्थापनाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट गएको टोलीले झण्डै तीन किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गरेको थियो । अत्यन्त कठिन र जोखिमपूर्ण भौगोलिक अवस्थाबीच टोली सीमा नाकासम्म पुगेर झण्डा राख्न सफल भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बाढीले सीमा क्षेत्रमा रहेका भौतिक संरचनामा क्षति पुर्‍याएपछि सीमाको सुरक्षा तथा आवागमन व्यवस्थापनमा समेत चुनौती थपिएको छ । यस्तो अवस्थामा सुरक्षा निकायले जोखिमपूर्ण भूगोल पार गर्दै सीमामा पुगेर नेपालको राष्ट्रिय झण्डा पुनःस्थापित गरेको हो ।

सीमा नाकामा राष्ट्रिय झण्डा पुनःस्थापनाले प्राकृतिक विपत्तिका कारण भौतिक संरचना क्षतिग्रस्त भए पनि नेपालको सीमा सुरक्षा र राष्ट्रिय उपस्थितिलाई निरन्तरता दिने सन्देश दिएको छ । बाढीपछि रसुवागढी नाकाको पूर्वाधार पुनर्निर्माण तथा सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ ।

भोटेकोशी नदीको बाढीबाट भएको क्षतिको पुनःनिर्माण र सीमा क्षेत्रमा आवागमन तथा सुरक्षा व्यवस्था सहज बनाउने काम अबका दिनमा थप चुनौतीपूर्ण हुने देखिन्छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?