राजनीतिक अस्थिरताले ब्यवस्था माथी प्रहार: सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक अस्थिरताले अहिलेको ब्यवस्था माथी प्रहार भएको बताउनु भएको छ । नेपालको अहिलेको शासन प्रणाली बिश्व कै उत्कृष्ट भएको बताउनु हुँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था कार्यान्वयनकै चरणमा रहेको बताउनु भयो ।

Workplace

“संघ र प्रदेशमा छिटाे छिटो सरकार परिवर्तन भई रह्यो । यसले सकारात्मक सन्देश दिएको छैन ।” पाल्पाली समाज नेपालले आज बुटवलमा आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले भन्नूभयो- सरकार फेरबदल भई रहने र नेता तथा जनप्रतिनिधिको कार्यसैलीप्रति इङ्कित गर्दै केहीतत्वले ब्यवस्था माथी नै प्रश्न उठाएको छ ।” उहाँले जनताको कामबाट त्यसको जवाफ दिनु पर्ने पनि बताउनु भयो ।

- Advertisement -Workplace

समाजका अगुवाहरुको पहलले नै समाजमा समाजिक आर्थिक, सास्कृतिक र राजनीतिक बिकास हुने बताउनु हुँदै उहाँले सबैको एकाकार प्रयासबाट मुलुकको संमृद्वी हुने बताउनु भयो । उहाँले पाल्पालीहरु स्वाभीमानी र सरल भएकाले पनि केन्द्रिय राजनीतिमा प्रभाव राख्न नसकेको हो कि भन्ने आफुलाई लागेको बताउनु भयो । सभामुख घर्ती मगरले होली पर्वको शुभकामना दिनु हुँदै यो पर्बले पाल्पालीहरु सहित सम्पुर्णमा आपसी सदभाव भातृत्वको बिकास एवं सुस्वास्थ्य दिर्घायुको शुभकामना व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष पदम बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष जित बहादुर भाटको स्वागत, समाजका सैनामैनाका अध्यक्ष शोभाखर पोख्रेलको संचालनमा भएको होली मिलनमा पाल्पामा जन्मस्थल भई विभिन्न पेशा ब्यवसाय संचालन गरि रुपन्देही जिल्लामा बसोबास गर्नुहुनेहरुको उपस्थिति रहेको थियो । पाल्पा समाज २०६२ सालदेखि कृयाशिल रहेको छ ।
कार्यक्रममा संस्थापक सल्लाहकार डा.राम प्रसाद बस्याल, पुर्ब अध्यक्ष एम बि बिश्वकर्मा, संस्थापक महासचिब जगत पोख्रेल , पुर्ब सचिब किशोर पगेनी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?