नयाँ दिल्ली = भारतको नयाँ दिल्लीमा यसवर्ष पनि ” दोस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४” यहीँ २६ र २७ जनवरी आयोजना हुने भएको छ। यो अवार्ड कार्यक्रम सुजन म्युजिक प्रा.लि. द्वारा आयोजना गरिएको छ नेपाल र भारतका संगीतकर्मीहरूको नेपाली गीत संगीतप्रति गरेको योगदानलाई सम्मान गर्नु मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ । अवार्ड कार्यक्रममा बिभिन्न ३३ विधामा पुरस्कार वितरण गरिने र विभिन्न सांगीतिक क्षेत्रका योगदानकर्ताहरूलाई पनि सम्मान गरिने संस्थाकी अध्यक्ष जमुना राना मगरले बताएकी छिन्।

केही दिन पहिला बाटै मनोनयन फारम खुलेको थियो , जसको शुल्क १,००० रुपैयाँ राखिएको थियो । काठमाडौं बाहिरका सहभागीहरूले ईसेवाबाट फारम शुल्क बुझाई फारम भर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको थियो ।
अवार्ड कार्यक्रममा विशिष्ट ३३ विधामा पुरस्कार वितरण हुने संस्थाकि अध्यक्ष जमुना रानामगरले बताएकी हुन जसमा राष्ट्रिय भावका गीत, सर्वोत्कृष्ट लोक दोहोरी गीत, सर्वोत्कृष्ट एकल लोकगीत गायक/गायिका, मौलिक गीत गायक/गायिका, सर्वोत्कृष्ट गायक, गायिका, भाका र शब्द रचनाकार लगायतका विधाहरू समावेश रहेका छ्न।
सांगीतिक योगदानका साथै, नेपाल र भारतका विभिन्न संगीतकर्मीहरू, गायक/गायिका, संगीतकार, गीतकार, म्यूजिक भिडियो निर्देशक र मोडललाई पनि सम्मानित गरिने बताइएको छ उक्त सम्मानले नेपाली गीत संगीतको क्षेत्रमा नेपाल र भारतमा सक्रिय कलाकारहरूको सहकार्यलाई प्रोत्साहन दिने अनुमान गर्न सकिन्छ ।
अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएपनि फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको हो जमुना राना मगरका अनुसार , जनवरी २६ र २७ गते सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह रहने नेपाल खोजखबर लाई जानकारी दिएकी छ्न । कार्यक्रममा नेपालबाट ख्याति प्राप्त कलाकारहरूको पनि उपस्थिति रहने बताएकी छ्न।
यस अवार्ड कार्यक्रमले नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशील कलाकारहरूलाई सम्मान गर्दै यस क्षेत्रको प्रगति र सम्बर्द्धनमा ठूलो भूमिका निर्वाह गर्ने सजिलै अनुमान गर्न सकिन्छ ।


