पाकिस्तानमा विद्रोहीद्वारा रेल अपहरण, यात्रुहरू बन्धक

इस्लामाबाद, मार्च ११, २०२५ – पाकिस्तानको बलुचिस्तान प्रान्तमा विद्रोहीहरूको आक्रमणपछि एक यात्रुबाहक रेल अपहरणमा परेको छ। क्वेटाबाट पेशावर गइरहेको जाफर एक्सप्रेस रेललाई बलुच लिबरेशन आर्मी (BLA) का लडाकुहरूले नियन्त्रणमा लिएका छन्।

Workplace

घटनास्थल बलुचिस्तानको बोलन जिल्ला रहेको बताइन्छ। प्रारम्भिक रिपोर्टहरू अनुसार, विद्रोहीहरूले रेलमा गोलीबारी गर्दा चालक घाइते भएका छन्, जसका कारण रेल एक सुनसान क्षेत्रमा रोकियो। रेलमा करिब ४०० यात्रु रहेको अनुमान गरिएको छ। टाइम्स नाउ हिन्दीका अनुसार, आक्रमणमा ६ पाकिस्तानी सैनिक मारिएका छन् भने १२० यात्रुलाई बन्धक बनाइएको छ। BLA ले चेतावनी दिएको छ कि उनीहरूविरुद्ध सैन्य कारबाही भएमा सबै बन्धकहरूको हत्या गरिने बिद्रोह पक्षले बताएको समाचारमा उल्लेख छ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो, जुन तेल, प्राकृतिक ग्यास, र खनिज स्रोतहरूले भरिपूर्ण छ। तर, त्यहाँका बलुच समुदायले लामो समयदेखि सरकारको विभेदकारी नीतिको विरोध गर्दै आएका छन्। बलुच लिबरेशन आर्मी जस्ता समूहहरूले विगतमा पनि रेलमार्ग, सुरक्षा चौकी, र सरकारी संरचनाहरूमा आक्रमण गर्दै आएका छन्।

पाकिस्तानी सुरक्षा बलहरूले बन्धकहरूको उद्धारका लागि विशेष अपरेशनको तयारी गरिरहेको बताइएको छ। रेल अपहरणबारे अझै स्पष्ट जानकारी प्राप्त हुन नसकेको भए पनि, सरकारले उच्च सतर्कता अपनाएको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?