जीवितै भेटिने आश मरेपछि पशुपतिमा एकैदिन १०० बढी कुशको शव ज`ला`इयो

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढीमा बेपत्ता भएकाहरूको अवस्था अझै नखुलेपछि परिवारले आश मारेर कुशको शव बनाएका छन्।
  • पशुपति आर्यघाटमा सयभन्दा बढी बेपत्ताका परिवारजनले धार्मिक विधिअनुसार सामूहिक अन्त्येष्टि गरेका छन्।
  • आफ्ना प्रियजनको शव नभेटिएपछि अन्तिम संस्कार गरी परिवारले मनलाई शान्त पार्ने प्रयास गरेका हुन्।

काठमाडौ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफ्ना प्रियजनहरू जीवित भेटिने आश टरेपछि परिवारले कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरेका छन्।

Workplace

बाढी गएको लामो समय बितिसक्दा पनि अवस्था पत्ता नलागेपछि र शवसमेत फेला नपरेपछि आफन्तहरूले पशुपति आर्यघाटमा कुशको प्रतीक बनाएर हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेका हुन्।

- Advertisement -Workplace

सोमबार पशुपतिस्थित आर्यघाटमा दर्जनौं बेपत्ताका परिवारजन भेला भएर सामूहिक अन्त्येष्टि गर्दा दिनभरजसो बाक्लो भीड लागेको थियो। आफ्ना आफन्तको अनुहारसमेत हेर्न नपाई कुशको प्रतीकात्मक शव जलाउन बाध्य हुँदा परिवारजन भावविह्वल बनेका थिए।

पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार सोमबार मात्रै आर्यघाटमा कम्तीमा एक सयभन्दा बढी कुशबाट बनाइएका शवका प्रतीकको सामूहिक अन्त्येष्टि गरिएको छ।

‘कुशका शवको हामीले छुट्टै रेकर्ड त राख्ने गरेका छैनौं, तर आज कम्तीमा पनि एक सयभन्दा बढी यस्ता प्रतीकात्मक शव जलाइएका छन्,’ उनले भने।

बाढीमा आमाबुवा दुवैलाई गुमाएका नुवाकोटका बबिन रिजालले पनि सोमबार आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। उनका बुवा नाथ रिजाल र आमा विनिता रिजाल बाढी आएदेखि नै बेपत्ता छन्। ‘बाढीमा बगेको यति लामो समय बितिसक्दा पनि बुवा-आमाको अवस्था पत्ता लाग्न सकेन। अब जीवितै भेटिने आशा मरिसकेकाले कुशको शव बनाएर अन्त्येष्टि गरेका छौं,’ आँसु झार्दै रिजालले भने।

आफन्त फर्केर आउने आशामा दिनरात बाटो हेरिरहेका परिवारले अन्ततः हार मानेर धार्मिक संस्कार पूरा गरी मनलाई केही शान्त पार्ने प्रयास गरेका हुन्।

कसैले कुशबाट तयार पारिएको प्रतीकात्मक शव बोकेर घाटसम्म ल्याएका थिए भने कसैले धार्मिक विधिअनुसार कर्मकाण्ड पूरा गरेका थिए।

भदौ १० गतेको अचानकको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय क्षति भएको थियो। अझै पनि हजारौं मानिस बेपत्ता छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।

तर, समय बित्दै जाँदा जीवित उद्धार हुने आशा क्षीण हुँदै गएपछि धेरै परिवारले यसरी नै कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?