थापाथलीमा फुटेको मेलम्ची पाइप मर्मत कार्य सम्पन्न

थापाथलीमा फुटेको मेलम्ची पाइप मर्मत, पसल र सडक डुबानमा परेको क्षति

Workplace

काठमाडौं – थापाथलीमा हिजो बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत कार्य पूरा भएको छ। काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्राविधिक टोलीले रातभर काम गरेर आज बिहान ४ बजे मर्मत सम्पन्न गरेको केयूकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए।

थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा पाइप फुट्दा सडक भत्किनुका साथै आसपासका पसलहरू डुबानमा परेका थिए। पानीको चापका कारण सडकपेटी पनि क्षतिग्रस्त भएको थियो। सडकमा जम्मा भएका ढुङ्गा र गिट्टी हटाउन डोजर प्रयोग गरिएको थियो।

मेलम्ची पाइप पटक–पटक फुट्ने समस्या देखिँदा स्थानीयवासी र व्यवसायीहरूलाई सास्ती खेप्नुपरेको छ। यसअघि माघ ३० गते बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुट्दा सरकारी कार्यालयहरू जलमग्न भएका थिए।उक्त घटनापोछी स्थानीयहरू निरन्तर पाइपलाइनको गुणस्तर र निगरानीमा ध्यान दिनुपर्ने माग गरिरहेका छन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?