बाँकेमा ४ किलोभन्दा बढी चरेससहित दुई जना पक्राउ

बाँके – बाँके प्रहरीले लागू औषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। नेपालगंज उपमहानगरपालिका-४ बसपार्क सडक खण्डमा चेकजाँच गर्ने क्रममा कालिकोट खाडाचक्र नगरपालिका-१० का ३५ वर्षीय विक्रम शाहीले चलाएको सु.प.प्र. ०१-०११ प १८५५ नम्बरको स्कुटरको पछाडि सवार भक्त बहादुर शाहीलाई शंका लागि चेकजाँच गरिएको थियो।

Workplace

जाँचका क्रममा भक्त बहादुर शाहीले बोकेको कालो झोलाबाट लागू औषध चरेस जस्तो देखिने ४ किलो २२० ग्राम पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ। प्रहरीले स्कुटरसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी निरीक्षक याम बहादुर मल्लका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताएका छ्न

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?