पर्यटन प्रवर्द्धन गर्न पूर्णिमा सेन ठकुरीको लय शब्दमा ‘नानिला बोलको गीत सार्वजनिक

अनिल नेपाली
बालाराम शेर्पाली / रुकुमपूर्व

Workplace

म्युजिक भिडियोमा राज सेन ठकुरीको दमदार अभिनय
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा – ६ मयाङमा जन्मिएका लोकप्रिय गायिका पूर्णिमा सेन ठकुरीको नयाँ गित सार्वजनिक भएको छ। गायिका सेन ठकुरीको लय र शब्दमा तयार पारिएको ‘नानिला बोलको गीत सार्वजनिक भएको हो।गीतमा रुकुमपूर्वको मयाङ,हुकाम,रन्मा र मैकोट लगायतको विभिन्न गाउँहरुमा पुर्खाले गाउँदै आएका मौलिक लोकभाव झल्किने शब्द र संगीत समेटेर नानिला बोलको गित तयार पारिएको गायिका सेनले जानकारी दिनु भएको छ।
गयिका सेन ठकुरीको जन्म ठलो मयाङ गाउँमा म्युजिक भिडियो आकर्षक ढंगले प्रस्तुत गरिएको छ।जस्ले रुकुमपूर्वमा लुकेर रहेका संस्कृतिको झल्को दिएको छ।भर्खरै बजारमा आएको नयाँ गीत ‘नानिला बोलको गीतले परम्परागत संस्कृतिलाई झल्काएको छ।
उक्त गीतको म्युजिक भिडियोमा आफ्नै गाउँको परिवेश र मौलिक पहिरनलाई विशेष प्राथमिकता दिइएको छ।भने म्युजिक भिडियोमा गायक कुमार पुन,पूर्णीमा सेन ठकुरी र पिम्सरा आले मगरको आवाज रहेको छ ।प्रकाश दुरा,रिया बलामी र राज सेन ठकुरीले अभिनय गर्नु भएको छ।
नानिला बोलको म्युजिक भिडियोमा मुख्य भूमिका निभाएका राज सेन ठकुरीले भिडियोमा अभिनय गर्न पाउँदा निकै उत्साहित भएको बताउनुभयो।आफ्नै जन्म स्थानको सस्कृतिलाई गीत मार्फत बाहिर ल्याउन पाउँदा पुर्खाले चलाएका सस्कृति लोप नहुने बताउनुभयो।गायिका सेनको शब्द र लयले गीतमा राज सेन ठकुरीको दमदार अभिनयले म्युजिक भिडियोलाई प्रभावशाली बनाएको छ।उक्त गीत र म्युजिक भिडियोमा पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सुनदह, वडा नम्बर १ को पुथा हिमाल, यस्तै वडा नम्बर ६ को तातो पनी, वडा नम्बर ५ को जल्पा नम्सै गो ताल लगायत विभिन्न पर्यटकिय स्ठलहरुको दृष्यहरु समितिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?