अर्घाखाँचीका पालिकामा करोडौंको बेरुजु : कुन पालिकाको कति?

अर्घाखाँची  — अर्घाखाँची जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरूको लेखा परीक्षण गर्दा झन्डै ५ करोडभन्दा बढी रकम बेरुजु देखिएको छ। सार्वजनिक निकायहरूले खर्च गरेको बजेट पारदर्शी रूपमा प्रयोग भए वा भएन भन्ने मूल्यांकन गर्न लेखा परीक्षण गरिन्छ। यस क्रममा फेला परेको ‘बेरुजु’ भनेको लेखा परीक्षण गर्दा प्रमाणित गर्न नसकिएको वा अस्पष्ट खर्च हो जसलाई सरकारले स्पष्ट पार्न वा फिर्ता गर्नुपर्ने हुन्छ।

Workplace

सन्धिखर्क नगरपालिका
२ अर्ब १२ करोड ३९ लाख १९ हजारको परीक्षण गर्दा १ करोड १२ लाख ७२ हजार बेरुजु देखिएको छ। अघिल्लो वर्ष १५ लाख ७३ हजार थियो।

भूमिकास्थान नगरपालिका
१ अर्ब ६५ करोड ७० लाख २५ हजारको परीक्षणमा ३९ लाख १९ हजार रुपैयाँ बेरुजु देखियो।

पाणिनी गाउँपालिका
गत वर्ष १ अर्ब ६८ करोड ५० लाख २५ हजारको लेखा परीक्षण गर्दा ९ करोड ३ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको थियो। पछिल्लो प्रतिवेदन अनुसार १ अर्ब ४४ करोड ५० लाख ४८ हजारको परीक्षण गर्दा २५ लाख ३५ हजार बेरुजु देखिएको छ।

छत्रदेव गाउँपालिका
१ अर्ब ३८ करोड १६ लाख ५४ हजारको परीक्षण गर्दा ५९ लाख ४५ हजार रुपैयाँ बेरुजु देखियो।

मालारानी गाउँपालिका
१ अर्ब ५२ करोड ५६ लाख ३७ हजारको परीक्षणमा १ करोड ७ लाख १६ हजार बेरुजु देखिएको छ।

शितगंगा नगरपालिका
देशकै ठूलो नगरपालिका शितगंगामा १ अर्ब १२ करोड ३४ लाख २४ हजारको परीक्षण गर्दा १ करोड २ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ।

 

धेरै जानाले बेरुजु भनेको के हो भने जिज्ञासा् लागन सक्छ
बेरुजु भन्नाले सरकार वा स्थानीय निकायले खर्च गरेको रकमको प्रमाण, विवरण वा औचित्य पुष्टि गर्न नसकिएको अवस्था बुझिन्छ। सलाई आर्थिक अपारदर्शिता वा सम्भावित भ्रष्टाचारको संकेतको रूपमा लिइन्छ। लेखा परीक्षण प्रतिवेदनले यस्तो बेरुजु देखाएपछि सम्बन्धित निकायले त्यो रकमको स्पष्टीकरण दिनु वा फिर्ता गर्नु पर्ने हुन्छ।

पालिकाहरूले वर्षेनी अरबौं रुपैयाँ खर्च गरिरहँदा करोडौं रकम बेरुजु देखिनु चिन्ताजनक विषय हो। जनताको करको रकम सही सदुपयोग गर्न पालिकाहरू अझ पारदर्शी र जवाफदेही बनु प्रने देखिन्छ  छ। किन कि जन्ताको करको रकम सदुपयोग गर्न नसक्नु पालिका र नगरपालिकाको कमजोरी हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?