२० किलो चरेश र २१ किलो गाँजासहित ७ जना पक्राउ

रुपन्देही – रुपन्देही जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको विशेष प्रहरी टोलीले छापा मार्दै ठूलो परिमाणको लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।

Workplace

प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ४ र ८ तथा तिलोत्तमा नगरपालिका वडा नं. १५ मा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा धादिङ्ग गजुरी गाउँपालिका वडा नं. ८ बस्ने ३३ वर्षीय दिपक तामाङ, ऐ.ऐ. बस्ने ३६ वर्षीय सुन बहादुर तामाङ, ३१ वर्षीय नक्कल बहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङ, रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ आदर्शनगर बस्ने २५ वर्षीय जिबन मल्लाह, रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. १४ बस्ने २३ वर्षीय दिलिप केवट र स्याङ्जा गल्याङ नगरपालिका वडा नं. १ बस्ने ३८ वर्षीय जिवनाथ पाण्डे रहेका छन्।

- Advertisement -Workplace

उनीहरूका साथबाट प्रहरीले २०.०७९ किलोग्राम चरेश जस्तो देखिने कालो पदार्थ, २१ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ र ८४ ग्राम पोल्याण्ड जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको र तस्करीको लागि विभिन्न स्थानमा ओसारपसार गर्दै आएको खुलेको छ।

लागुऔषध बरामद गरिएको स्थानमा प्रहरीको थप अनुसन्धान जारी रहेको छ भने पक्राउ परेकाहरूलाई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरक्षक  महेन्द्र सेनले नेपाल खोजखबर लााई जानकारी दिएका छ्न ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?