रवि लामिछानेको खुलासा :जेल प्रशासनले नै जिम्मा लगाएर बाहिर पठायो, पत्रबारे थाहा थिएन

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू कारागारबाट बाहिर निस्कँदा सार्वजनिक भएको पत्रबारे कुनै जानकारी नभएको बताएका छन्।

Workplace

जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिनका लागि गठित जाँचबुझ आयोगमा उपस्थित हुँदै लामिछानेले बयान दिएका हुन्। उनका अनुसार, कारागारभित्र भीडभाड र हुलदंगा भइरहेका बेला सुरक्षाकर्मी र कर्मचारीहरूले नै उनलाई पार्टीका कार्यकर्ताहरूको जिम्मा लगाएर बाहिर पठाएका थिए।

“कारागार प्रशासनले नै मलाई परिवार र रास्वपाका नेताहरूको जिम्मा लगाएर छाडेको हो,” लामिछानेले बयानमा भनेका छन्। “त्यो बेला त्यस्तो पत्र तयार गरिएको रहेछ भन्ने कुरा मलाई पछि मात्रै थाहा भयो।”

स्रोतका अनुसार, उनले बयानमा थप स्पष्ट पारेका छन्— “म निस्कने बेलामा जेलरलाई भेट्न पाएको थिइनँ, त्यसैले पत्र कसरी तयार भयो भन्नेबारे म अनभिज्ञ थिएँ।”

जाँचबुझ आयोगले सो प्रकरणमा नख्खु कारागारका जेलरसँग पनि बयान लिएको छ। आयोग स्रोतका अनुसार, जेलरले ‘आदेश आएपछि’ पत्र तयार गरेको बताएका छन्, तर सो आदेश कसको थियो भन्ने खुलाएका छैनन्।

जेनजी आन्दोलनको भोलिपल्ट रास्वपाका नेता तथा कार्यकर्ताहरू नख्खु कारागार पुगेका थिए। त्यस क्रममा पूर्वगृहमन्त्री लामिछानेलाई बाहिर निकालिएको र सोसँगै जेल प्रशासनको नाममा तयार पारिएको भनिएको पत्र सार्वजनिक भएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?