चन्द्र रसाइलीले गरे अन्तरजातीय विवाह गरेका लाई सम्मान

अनिल नेपाली 

Workplace

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ मा युवक–युवतीले एकआपसमा  आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने  गर्दछन् भने जिल्लाकाे भूमे गाउँपालिका वडा नं.३ सुन्तलावारि घर भएका अखिल क्रान्तिकारी रुकुमपूर्वमा अध्यक्ष चन्द्र रसाइलीले  अन्तरजातीय विवाह गरेका जोडीहरूलाई सम्मान गरेका छन्।

गाउँ समाजमा जरा गाडेर बसेकाे  जातीय विभेद र परम्परागत सोचलाई तोड्न रसाइलीले भूमे ३  सिमाका स्याम कुमार सुनार र उनकी प्रेमी जुनतारा पुनलाई समाजमा उदाहरणीय जाेडिलाई प्रणय दिवस अवसर पारेर सम्मान गरेका हुन्।

 

अहिलेकाे २१ साैं शताब्दीको युगमा पनि समाजल जातकाे कुरा गर्दै बसेकाे छ। अन्तरजातीय विवाहलाई सहज बनाउन सरकारले  नीतिगत रुपमा परिवर्तन आवश्यक रहेकाे रसाइलीले बताए ।नाै वर्ष पहिले प्रेम विहाह गरेका स्याम कुमार र जुनताराकाे उदाहरणीय जाेडीलाई अझैसम्म  माईती पक्षले स्वीकार्न नसकेको जुनताराले बताए ।

समाजले  हामीलाई हेर्ने दृष्टिकोण फरक छ।तर  पछिल्लो समयसँगै हाम्रो संघर्षले परिणाम देखाईदिएकाे छ। याे नेै हाम्राे खुसी हाे ।

स्याम कमारले भने  यसरी सम्मान पाउदा माईती पक्षले न स्वीकारे पनि प्रेमी जुनतारा म खुसीकाे जीवन विताई रहेका छाै स्याम कुमारले थपे।नेता रसाइलीले सुन्दर अन्तरजाती जाेडीकाे  तस्बिरमा  समाजकाे उदाहरणीय बनेकाे शुभकामना लेखेका छन्। नेता रसाइलीले समाजमा पछडिएकाे वर्ग र समुदायको आवाज उठाउँदै आउनु भएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?