देशभरि मौसम मिश्रित, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

 

Workplace

काठमाडौं । देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदा अन्य भूभागमा मौसम सामान्यतः सफा छ। मध्य र पूर्वी तराईका केही स्थानमा हुस्सु लागेको छ।

महाशाखाले दिएको जानकारीअनुसार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। त्यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदा अन्य भूभागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिको मौसम पनि लगभग यस्तै रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम खुला रहनेछ। उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना कायमै छ।

महाशाखाले आगामी २४ घण्टाका लागि मौसम पूर्वानुमान जारी गर्दै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना औंल्याएको छ। बिहीबार बिहान तराईका केही स्थानमा हुस्सु लाग्न सक्ने भएकाले त्यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उडानमा आंशिक असर पार्न सक्ने चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?