
खिम खड्का ५ माघ बुटवल – बुटवलमा गए राती मोटरसाइकल दुर्घटना हुदा १ जनाको घटनास्थलमै मृ´त्यु भएको छ ।
शुक्रवार साँझ करिव ९:२५ मा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश नं ३-०२-१४ प २१९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भै सडक बाट करिव १५ मिटर तल कल्भर्टको खोचमा पुगेको र दु`र्घटनामा १ जनाको मृ´त्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रहरी निरिक्षक इश्वरी अधिकारीले बताए ।
दु`र्घटनामा बुद्धभुमी नगरपालिका २ कपिलबस्तु बस्ने २७ बर्षिय अनमोल ढकालको मृ´त्यु भएको र दु`र्घटना पश्चात प्रहरी बिट जितगढी र इलाका प्रहरी कार्यालय बुटवल बाट प्रहरी नायव उपरिक्षक बिजय राज पण्डितको नेतृत्वमा प्रहरीको टोली उद्धारको लागी घट`नास्थलमा पुगेको ट्राफिक प्रहरी निरिक्षक अधिकारीले बताए ।
