नेपाल प्रहरीले ‘अन्तरजातीय विवाह’ सम्बन्धी समाचारलाई भ्रामक भन्दै विज्ञप्ति जारी गरेको छ 

काठमाडौं – नेपाल प्रहरीले नयाँ पत्रिका दैनिकमा प्रकाशित ‘अन्तरजातीय विवाह गर्ने युवामाथि गृह मन्त्रालयको निर्देशन अनुसार’ भन्ने समाचारप्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। प्रहरीका अनुसार उक्त समाचार भ्रामक, आधारहीन र सत्यतथ्यविपरीत रहेको विज्ञप्ति मार्फत जनाएको छ।

Workplace

प्रहरीको विज्ञप्तिमा भनिएको छ कि कुनै पनि अपराधसम्बन्धी अनुसन्धान मुलुकी अपराध संहिता, २०७४ र प्रचलित कानुन अनुसार हुन्छ, र जातीय भेदभाव वा कुनै व्यक्तिगत कारणका आधारमा अनुसन्धान प्रभावित हुँदैन। साथै, जातीय विषय जोडेर समाजमा भ्रम फैलाउने प्रयास गरिएकोप्रति आपत्ति जनाउँदै प्रहरीको कार्य संविधानसम्मत कानुनी प्रक्रियाअनुसार नै अघि बढ्ने स्पष्ट पारेको छ ।

यसअघि सार्वजनिक समाचारमा गृह मन्त्रालयको निर्देशन अनुसार अन्तरजातीय विवाह गरेका युवामाथि प्रहरी कारबाही गरिरहेको दाबी गरिएको थियो, जसलाई नेपाल प्रहरीले पूर्णरूपमा अस्वीकार गरेको छ। प्रहरीका अनुसार समाजमा कानुनी शासन कायम राख्न, न्याय सम्पादन गर्न तथा अपराध अनुसन्धानलाई निष्पक्ष बनाउन आफ्नो कार्य जारी राख्ने प्रतिवद्धता समेत  व्यक्त गरेको छ।

प्रहरीले आम नागरिकलाई भ्रामक सूचनाबाट सचेत रहन आग्रह गर्दै कुनै पनि गलत समाचारले सामाजिक सद्भाव बिगार्न सक्ने हुँदा सत्यतथ्यमा आधारित सूचनालाई मात्रै विश्वास गर्न अपिल समेत गरेको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?