प्रदीप ज्ञवालीको भनाइ : संवैधानिक राष्ट्रप्रमुख पार्टी राजनीतिमा फर्किनु उचित होइन

रुपन्देही  – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संवैधानिक राष्ट्रप्रमुख कुनै राजनीतिक दलको सक्रिय राजनीतिमा फर्किनु उचित नहुने बताएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

Workplace

रुपन्देहीको बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सरकारले ल्याएको नयाँ अध्यादेशले निजी क्षेत्रलाई उत्साहित बनाएको दाबी गरे। उनका अनुसार आर्थिक रूपान्तरण र सुशासनलाई प्राथमिकता दिँदै सरकार अघि बढेको छ, जसका कारण निजी क्षेत्रमा सकारात्मक संकेत देखिएको छ।

सामाजिक सञ्जाल नियमन विधेयकबारे पनि टिप्पणी गर्दै ज्ञवालीले यसले सबैलाई मर्यादित बनाउने, प्रेस स्वतन्त्रता जोगाउने र गलत सूचनाबाट नागरिकलाई सुरक्षित गर्ने उद्देश्य राखेको बताएका छ्न ।

सरकारी पीडितहरूलाई राहत दिने सन्दर्भमा उनले अहिलेको सरकारले उल्लेखनीय प्रगति गरेको दाबी समेत  गरे। उनका अनुसार ठूलो  मात्रामा रकम फिर्ता गराइएको छ, र आगामी दिनमा पनि यो प्रक्रिया निरन्तर जारी रहने बताएका छ्न ।

ज्ञवालीले देशको स्थायित्वका लागि अहिलेको गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै सरकार निराशा चिर्ने गरी काम गरिरहेको समेत जिकिर गरेका हुन्न।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

एसजीए माभेरिक्समाथि एपीएस युनाइटेडको शानदार जित, शंकर चापागाईं बने म्यान अफ द म्याच

सिद्धार्थ रोयलमाथि प्रिन्ट हब किंग्सको दबदबा, विपिन भट्टराई बने जितका नायक

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

छुटाउनुभयो कि ?