
- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।
- चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर कारोबार भइरहेको छ।
- सुन दुई लाख ९२ हजार आठ सय र चाँदी चार हजार ३९० रुपैयाँ कायम भएको छ।
काठमाडौ – नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढिरहेका बेला चाँदी भने सस्तिएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको हो । महासंघकाअनुसार बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ३९० रुपैयाँ कायम भएको छ ।
यससँगै बिहीबार बहुमूल्य धातुको बजारमा सुनको मूल्यमा सामान्य वृद्धि र चाँदीको मूल्यमा गिरावट देखिएको छ ।
