देशभरि पश्चिमी वायुको प्रभाव : पहाडी भेगमा बदली, तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

 

Workplace

काठमाडौं। हाल देशभरि पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। तराईका धेरै स्थानमा बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको छ, जसले यातायात, हवाई उड्डयन, कृषि तथा स्वास्थ्यमा असर पार्न सक्ने अनुमान गरिएको छ।

काठमाडौं उपत्यकाको मौसम कस्तो रहने?
मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा अपराह्नसम्म आंशिक बदली रहनेछ। आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसो तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ।

देशभरको मौसम अवस्था
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा हुनसक्नेछ। साथै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिको अवस्था र सतर्कता
आज राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना भएकाले यात्रु तथा स्थानीयवासीलाई सतर्क रहन विभागले आग्रह गरेको छ।

तराईका धेरै स्थानमा बिहीबार बिहान हुस्सु लाग्ने सम्भावना उच्च रहेकाले दैनिक जनजीवन, यातायात, कृषि तथा स्वास्थ्यमा असर पर्न सक्ने चेतावनी दिइएको छ। जल तथा मौसम विज्ञान विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

सिद्धार्थ रोयलमाथि प्रिन्ट हब किंग्सको दबदबा, विपिन भट्टराई बने जितका नायक

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

छुटाउनुभयो कि ?