क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज, मैदान फर्कने तयारीमा

 

Workplace

काठमाडौँ-क्रिकेटर सन्दीप लामिछाने हर्नियाको शल्यक्रिया गरेपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। सिल्भर लाइन अस्पतालले उनलाई आज घर पठाएको हो। सन्दीपले गत ९ गते हर्नियाको शल्यक्रिया गराएका थिए र हाल स्वास्थ्य सुधार हुँदै गएको अस्पतालका प्रबन्धक डा. अभिषेकराज सिंहले जानकारी दिए।

शल्यक्रिया टोलीको नेतृत्व डा. दीपक शर्माले गरेका थिए। सन्दीप चार वर्षदेखि हर्नियाको समस्याबाट पीडित थिए र अब रिकभर भइरहेका छन्। डा. सिंहका अनुसार, यदि रिकभरी यस्तै गतिमा भयो भने, सन्दीप दुईदेखि तीन हप्ताभित्र मैदानमा फर्किन सक्ने छन्।

अस्पतालले विज्ञप्ति जारी गर्दै सन्दीपलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले डिस्चार्जका क्रममा अस्पतालमा पुगेर सन्दीपको स्वास्थ्य सम्वन्धी जानकारी लिएका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?