दाङ = दाङको दंगीशरण गाउँपालिकामा एक जनाको गोली लागेर मृत्यु भएको भएको छ। प्रेमलाल कुसारीलाई गत बिहीबार जिंगटको रूखबाट लडेर घाइते भएको भनिएको थियो, र उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। पछि थप उपचारका लागि नेपालगन्ज लगिएको थियो, जहाँ उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

घटनाको प्रारम्भमा, कुसारीको मृत्यु रूखबाट लडेर भएको भनिएको थियो। तर, छिमेकीको सूचना पछि प्रहरीलाई कुसारीलाई गोली हानी हत्या गरिएको हुन सक्ने आशंका भएको जानकारी प्राप्त भयो। यसपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थाले र दाहसंस्कार रोकिएको थियो।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूसँग सोधपुछ गर्दा शिकार खेल्ने क्रममा बन्दुक आफैँ पड्केर कुसारीको ज्यान गएको भनिएको छ। कुसारीसँगै जंगल गएका साथीहरु भने फरार रहेको प्रहरीले जानकारी दिएको छ। मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल बाँके पठाइएको छ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
