अमेरिकी डलरको मूल्य बढ्ने क्रम जारी

काठमाडौं । अमेरिकी डलरको मूल्य बढ्ने क्रम जारी छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६६ पैसा तोकेको छ ।

Workplace

अघिल्लो दिनको तुलनामा यो २ पैसा बढी हो भने अहिलेसम्मकै उच्च हो । खरिददर मूल्य १३४ रुपैयाँ ६ पैसा छ । त्यस्तै क्यानेडियन डलरको बिक्रीदर मूल्य ९८ रुपैयाँ ११ पैसा तथा अस्ट्रेलियन डलरको ८८ रुपैयाँ ८७ पैसा छ ।

यस दिनका लागि साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८७ पैसा तोकिएको छ भने खरिददर मूल्य ३५ रुपैयाँ ७२ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ९३ पैसा छ भने खरिददर मूल्य ३६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

युएई मुद्रा दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ५० पैसा छ । मलेसियन रिंगिटको बिक्रीदर मूल्य ३० रुपैयाँ २२ पैसा तथा खरिददर मूल्य ३० रुपैयाँ ९ पैसा तोकिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?